बिहीबार, भदौ ४, २०८३

जन्ती बसको ब्रेक फेल हुँदा ३० जना घाइते

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। 

जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ। घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

प्रकाशित: May 12, 2023| 06:10 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्