बिहीबार, भदौ ४, २०८३

इमरान खानलाई रिहा गर्न अदालतको आदेश

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै रिहा गर्न आदेश दिएको छ।

पाकिस्तानका प्रमुख न्यायाधीश उमर अता बन्दियालले खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले आफ्नो गेष्ट हाउसमा राख्न सक्ने तर उनीमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

भ्रष्टाचारसँग सम्बन्धित एक मुद्दाका लागि भन्दै उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरोले इस्लामावाद उच्च अदालत परिसरबाट पक्राउ गरेको थियो।

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई पक्रेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरिरहेका छन्। प्रदर्शन हिंसात्मक बन्दा १० जनाको मृत्यु भइसकेको छ। 

अदालतले रिहा गर्न आदेश दिएलगत्तै इमरानले आफ्ना समर्थकलाई प्रदर्शन र तोडफोडमा नउत्रिन निर्देशन दिएका छन्। उनले आफ्ना समर्थकलाई शान्ति कायम गर्न पनि भनेका छन्।

प्रकाशित: May 11, 2023| 19:57 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्