बिहीबार, भदौ ४, २०८३

सिंगापुर पठाइदिन्छु भनेर ९५ लाख ठग्ने २० वर्षे युवक पक्राउ

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

रोजगारीका लागि सिंगापुर पठाइदिन्छु भनेर ९५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्‍ने २० वर्षीय सृजन निरौला रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने भन्‍दै प्रतिव्‍यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीले बताएको छ।
 

प्रकाशित: May 11, 2023| 18:30 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्