चितवन मेडिकल कलेजका दुई जना शिक्षक निलम्बनमा परेका छन्। बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई शिक्षकलाई निलम्बन गरेको हो।
डा. हरेन्द्र सिंह र डा. अभिषेक गुप्तालाई निलम्बन गरिएको कलेजले जनाएको छ। शिक्षकले परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या गरेकी थिइन्।
मृतकका परिवारले सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर गरेका छन्। बुधबार दिउँसो परीक्षा दिइरहेकी थापालाई चिट चोरेको भन्दै परीक्षा हलबाट निकालिएको थियो।
त्यसपछि कलेज नजिकै रहेको आफ्नै कोठामा झुण्डिएर उनले आत्महत्या गरेकी थिइन्। घटनापछि विद्यार्थीहरूले मेडिकल कलेजको ओपिडी सेवा बन्द गरेका छन्।