बिहीबार, भदौ ४, २०८३

पाकिस्तानको हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ। ती झडपमा २९० भन्दा बढी घाइते भएको डनले उल्लेख गरेको छ।

झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका छन्। प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन्। इस्लामाबादको एक अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिए पछि देशभर तवावको स्थिति सृजना भएको छ। 

केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पक्राउ पनि गरिएको थियो।

पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरिएको थियो। प्रदर्शनकारीहरूले कोर कमाण्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेट समेत भत्काएका छन्।

यसअघि आज पाकिस्तानका पूर्व विदेशमन्त्री, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारिएको थियो। पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पीटीआई नेतालाई इस्लामाबादको गिलगिट-बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो।

मङ्गलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ। उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दैछ। कुरेशीलाई पञ्जाब र खैबर पीमा दंगा र आगजनीका घटनामा प्रहरीको खोजीमा छन्।

प्रकाशित: May 11, 2023| 17:26 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्