बिहीबार, भदौ ४, २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मुलुकका विभन्नि स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको जनाएको छ।

बाराको कलैया उपमहानगर–१९ इनर्वास्थित सडकमा ना४च ३४३२ नम्बरको गाडी अनियन्त्रित भई बुधबार राती दुर्घटना हुँदा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही उपमहानगर–११ होङगरहवाका १९ वर्षीय साहुल पण्डित भन्ने प्रभात पण्डित र वीरगञ्ज उपमहानगर–२९ का १६ वर्षीय सुरेश पण्डित रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका प्रभातको प्रादेशिक अस्पताल कलैया र सुरेशको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै, मोरङको रंगेली नगरपालिका–५ धनपट्टी बोर्डरस्थित सडकमा प्रन१–०२–०४९प७८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 11, 2023| 15:41 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्