बिहीबार, भदौ ४, २०८३

काजमा खटिएका कर्मचारीलाई ७ दिनभित्रै रमाना लिन निर्देशन

मन्त्रालयले परिपत्र जारी गर्दै ७ दिनभित्र रमान नलिए कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको हो।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाइएका काज फिर्ता गरेका कर्मचारीलाई ७ दिनभित्र रमाना लिन निर्देशन दिएको छ। मन्त्रालयले परिपत्र जारी गर्दै ७ दिनभित्र रमान नलिए कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयले सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगए कारबाही गरिने बताएको छ।

परिपत्रमा भनिएको छ, ‘काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीको रमाना लिने अवधि गुज्रिएपछि साविकका कार्यालयबाट निजको बिदा स्वीकृत नगर्ने, रमाना नलिए विभागीय सजाय प्रक्रिया सुरु हुनेछ।’

साथै, रमाना भई नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा–सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गरिने पनि मन्त्रालयले प्रस्ट पारेको छ।

प्रकाशित: May 11, 2023| 15:26 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्