बिहीबार, भदौ ४, २०८३

नक्कली शरणार्थी प्रकरणबारे संसद्‍मा बोल्छु: ओली

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद् बैठकमा बोल्ने बताएका छन्। यसको पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले बताए।

पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यो विषयमा सत्यतथ्य कुराहरु जेठ चार गतेको संसद् बैठकमा बोल्ने सुनाए।

२०-२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दाखोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गरे। ‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ। आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ,’ उनले भने। उनको संकेत प्रधानमन्त्री प्रचण्डतिर थियो।

सोझै पैसा समाउनेलाई छाड्ने तर एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी किन जारी गर्ने भनेर उनले प्रश्न पनि गरे। 

प्रकाशित: May 11, 2023| 13:11 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्