बिहीबार, भदौ ४, २०८३

मोही पिएर बैठकमा बसे एमाले केन्द्रीय सदस्य

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरू भएको छ। तीन दिनसम्म चल्ने बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।

बैठकमा १० वटा एजेन्डामा छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको थियो।

बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै निर्वाचनको समीक्षा, ग्रासरुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायत एजेन्डा तय भएका छन्।

बैठकको पहिलो दिन नेताहरुलाई मोहीले स्वागत गरिएको छ।  मोही पिएर केन्द्रीय सदस्यहरु बैठकमा सहभागी भएका छन्।
 

प्रकाशित: May 11, 2023| 12:07 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्