बिहीबार, भदौ ४, २०८३

नक्कली शरणार्थी प्रकरणमा खाणसँग सवालजवाफ गर्दै सरकारी वकिल

सरकारी वकिलले पूर्वमन्त्री खाणसँग नक्कली शरणार्थी प्रकरणमा संलग्नताको विषयमा केन्द्रित रहेर १० बजेदेखि बयान लिइरहेका हुन्।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग सरकारी वकिलले आजदेखि बयान लिन थालेका छन्। सरकारी वकिलले पूर्वमन्त्री खाणसँग नक्कली शरणार्थी प्रकरणमा संलग्नताको विषयमा केन्द्रित रहेर १० बजेदेखि बयान लिइरहेका हुन्।

नक्कली शरणार्थी प्रकरणमा पत्नी मञ्जुसहित तत्कालीन गृह मन्त्रालयका उच्चाधिकारीसँग साँठगाँठ गरेको सुइँको पाएपछि खाणलाई हिजो प्रहरीले उनको निवास चावहिलबाटै पक्राउ गरेको थियो।

‘खाणलाई हिजो ‘बुधबार प्रहरीले किन पक्राउ गरेको हो? अदालत किन जानुभएको हो? अदालतले के–के निर्णय दियो? लगायत विषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण र त्यसमा संलग्नता के–कस्तो हो? भन्ने बिषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने।

उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता र उनका सहयोगीबारे पनि सोधपुछ गरिनेछ। बुधबार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका खाणमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चारदिने समय दिइसकेको छ।

अदालतले दिएको समयसीमाभित्रै खाणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ। रातभर प्रहरी कस्टडीमा बिताएका पूर्वगृहमन्त्री खाणसँग आज बिहान १० बजेपछि सरकारी वकिलले बयान लिइरहेका छन्।

बुधबार झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाणले सरकारी वकिलसमक्ष आफ्नो पक्राउबारे सामान्य जानकारी दिएका थिए।

प्रकाशित: May 11, 2023| 11:10 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्