काठमाडौं- दार्चुलाको हिमपहिरोमा बेपत्ता एक जनाको शव फेला परेको छ। बेपत्ता खोजीको क्रममा २५ वर्षीया छिमी सोमो थापाको शव भेटिएको हो।
गत वैशाख १९ गते हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। व्याँस गाउँपालिका १ भोलीन हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव ल्याउन नेपाल तर्फ बाटो नहुँदा समस्या भएको थियो।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव भेटिएको थियो भने वेपत्ता रहेका २८ वर्षिय इश्वरी थापाको शव यसअघि नै फेला परेको थियो।