बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री प्रचण्डद्वारा मुकेश कायस्थप्रति श्रद्धाञ्जली अर्पंण

प्रधानमन्त्री प्रचण्डद्वारा मुकेश कायस्थप्रति श्रद्धाञ्जली अर्पंण

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुकेश कायस्थको असामयिक निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। बिहीबार सामाजीक सञ्जालबाट उनले शोक सन्तप्त परिवार,आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गरेका हुन्। 

सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘जनआन्दोलको  दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’

आन्दोलको क्रममा प्रहरीको गली लागेर घाइते भएका मुकेश १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा अर्धचेत अवस्थामा रहेका थिए। मुकेशको ३२ वर्षको उमेरमा बुधबार राती निधन भएको हो। 

प्रकाशित: May 11, 2023| 09:29 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्