बिहीबार, भदौ ४, २०८३

सर्लाहीमा भारतीय युवाको शव फेला

सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ। 
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

सर्लाही- सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ। 

हरिपूर्वा र सङ्ग्रामपुर बिचमा पर्ने हरिपूर्वा नगरपालिका १  पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढी सोनवर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ को टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो। बुधवार साँझ ५ बजेतिर बीभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको थियो। 

प्रत्यक्षदर्शीका अनुसार शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको छ। घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राख्यो। सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिए। 

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ। भारतीय युवकको बीभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन्। 

घटनास्थलमा कुनै हतियार फेला परेको छैन। यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन। हरिपूर्वा नगरपालिका–१ का वडाध्यक्ष श्यामबाबु रायले बुधवार रातभर मृतकको शव रुङ्गेर बसेको प्रहरीले बिहीबार बिहानबाट थप अनुसन्धान थालेको बताए।

प्रकाशित: May 11, 2023| 08:21 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्