बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दैलेखमा डढेलो निभाउने क्रममा घाइते एकको मृत्यु, सात जनाको उपचार जारी

दैलेखमा डढेलो निभाउने क्रममा घाइते एकको मृत्यु, सात जनाको उपचार जारी

दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं– दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ।

नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए।

ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन्। अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ। सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन्। 

आठबीस नगरपालिका–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए। बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन्। गम्भीर घाइतेलाई हिजो नै हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो। 
 

प्रकाशित: May 11, 2023| 08:03 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्