बिहीबार, भदौ ४, २०८३

भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सका जहाजमा समस्या देखियो

काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको छ।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको छ। ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौं ल्यान्ड गराइएको हो।

जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने बताइएको छ।

बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो। १६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौंमै अवतरण गराइएको हो।

प्रकाशित: May 11, 2023| 07:35 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्