बिहीबार, भदौ ४, २०८३

अवैध बाटोबाट अमेरिका पठाउने टोपबहादुर पक्राउ

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- गैरकानुनी रुपमा अवैध बाटो हुँदै अमेरिका पठाएको आरोपमा दाङमा टोपबहादुर जिसी पक्राउ परेका छन्।

अवैध बाटोबाट अमेरिका पठाएका ७ नेपाली र ५ बंगालदेशी कोलम्बियाको पोएर्तो स्कोन्दियोस्थ्ति क्यारेबियन सागरमा डुंगा दुर्घटनामा बेपत्ता भएका थिए।

बेपत्ता परेकामध्ये एञ्जल बुढा मगरका परिवारले दिएको जाहेरीका आधारमा जिसीलाई प्रहरीले पक्राउ गरेको हो। जिसी दुबई र भारतमा बस्दै आएका थिए। उनीविरुद्ध प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरको थियो।

जिसी २०७६ मा मानव बेचबिखनमै पक्राउ परे पनि १५ लाख धरौटीमा छुटेर पुन मानव तस्करीमा सक्रिय भएका थिए। काठमाडौँ जिल्ला अदालतले २०७७ पुस १९ गते जिसीविरुद्ध २ वर्ष कैद र १२ लाख जरिवानाको फैसला गरेपछि पनि उनी दाङमा पक्राउ परेका थिए।

जिसीको समूहले एमाले नेता तथा पूर्व प्रदेशसभा सदस्य स्वर्गीय उत्तर कुमार वलीसँग मिलेर मानव तस्करीको धन्दा सुरु गरेको बताइन्छ। जिसी पनि एमालेकै नेता हुन्।

उत्तरको मृत्युपछि अघिल्लो कार्यकालमा उनकी श्रीमती विमला वली सांसद र लुम्बिनी प्रदेश मन्त्री बनेकी थिइन्। वलीसमेत यो घटनाकी प्रतिवादी छिन्।

प्रकाशित: May 11, 2023| 06:48 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्