बिहीबार, भदौ ४, २०८३

'जिउँदो सहिद' मुकेश कायस्थ रहेनन्

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ।

मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए। १७ वर्षदेखि 'जिउँदो सहिद' का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो। त्यतिबेला उनी १४ वर्षका मात्र थिए। सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि उठ्न सकेका थिएनन्। ओछ्यानमा नै उनको निधन भएको छ।

निरन्तरको स्याहार र उपचारपछि उनी देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, नरम खानेकुरा खाने र ह्विलचेयरमा अडिन सक्नेसम्म भएका थिए। सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै 'लोकतन्त्रका योद्धा' सम्मान प्रदान गरेको थियो।

प्रकाशित: May 11, 2023| 06:20 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्