बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • एआईजीले आरजु र टेकनारायणलाई भेटाइदिएको समाचारमा सत्यता छैन: प्रहरी

एआईजीले आरजु र टेकनारायणलाई भेटाइदिएको समाचारमा सत्यता छैन: प्रहरी

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- काठमाडौं उपत्यका प्रहरी कार्यालयले एआईजी श्याम ज्ञवालीले आरजु राणा र टेकनारायण पाण्डेलाई गोप्य भेट गराएको भन्ने समाचार सत्य नभएको बताएको छ।

कर्पोरेट नेपाल नामक अनलाइनले सो शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीले त्यसको खण्डन गरेको हो। 

कार्यालयले भनेको छ, '...प्रकाशित समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। प्रहरी अनुसन्धानको क्रममा रहेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरी कुत्सित मनसायले झुठो, आधारहि सूचना संप्रेषण गरिएको समाचारमा कुनै सत्यता नभएको हुँदा भ्रममा नपर्न अनुरोध गरिएको छ।'

साथै प्रहरीले अनुसन्धानमा सहयोग गर्न पनि सबैलाई अनुरोध गरेको छ।

WhatsApp Image 2023-05-10 at 18.11.391683722204.jpg

प्रकाशित: May 10, 2023| 18:20 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्