काठमाडौं- नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दबाब आन्दोलन सुरु गरेका छन्।
बुधबार अपरान्ह काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुले ठूला दलका नेताहरुले मिलेर सो प्रकरणमा संलग्नहरुलाई पनि उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन्।
सो प्रकरणलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले नै धोका दिन सक्ने भएकाले आफूहरुले पनि दबाब आन्दोलन सुरु गर्नुपरेको वरिष्ठ चिकित्सक गोविन्द केसीले बताए।
नागरिक अभियन्ताहरुले भ्रष्टाचार र अपराधका नायक ठूला दलका नेताहरु नै भएको आरोप लगाउँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ गर्न नहुने पनि बताएका छन्। त्यसक्रममा उनीहरुले सो प्रकरणको विरोधमा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।