काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि विपन्न नागरिकको स्वास्थ्य उपचार गरिने बताएका छन्।
बुधबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूको भेटघाटमा मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थमा कर बढाएर त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका अस्पतालमा उपचार गर्न अनुदान दिइने बताएका हुन्।
उनले सूर्तिजन्य पदार्थको करबाट उठने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गरिने समेत सुनाए। जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकाले जिम्मेवार भएर सबै मातहतका निकायसँग एकै साथ काम मन्त्री बस्नेतको भनाइ छ।
स्वास्थ्य मन्त्रालय जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्ने मन्त्रालय भएकाले जिम्मेवार भएर काम गर्ने उनले प्रतिवद्धता जनाए।