बिहीबार, भदौ ४, २०८३

चितवन मेडिकल कलेजकी विद्यार्थी आफ्नै कोठामा मृत फेला

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- चितवन मेडिकल कलेजमा अध्ययनरत  छात्रा आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन्।

पाल्पा रामपुर नगरपालिका-४ घर भएकी २३ वर्षीय सिमरन थापा भरतपुर-१० सप्तगण्डकी चोकमा रहेको आफू सुत्ने कोठामै सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्ययनरत थापा कलेज पोशाकमै थिइन्। आज बिहान १० बजेबट चलेको परीक्षामा सहभागी विधार्थी थापा करिब साढे ११ बजेतिर कोठामा फर्किएकी थिइन्। परिक्षा १ भने बजेसम्म चलेको थियो।

उनीसँगै कोठामा बस्ने दुई साथी परीक्षा सकेर दिउँसो १ बजे कोठामा फर्किंदा थापा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सप्तगण्डकी चोकको गंगाबहादुर थापाको घरको पहिलो तलामा दुइटा कोठा र एउटा किचेन भाडामा लिएर थापा र उनका दुई साथी  बस्दै आएका थिए।

परीक्षा हलबाट शिक्षकले मानसिक तनाव दिएर निकालेको र त्यहीकारण उनले आत्महत्या गरेको आरोप लगाउँदै विद्यार्थी संघर्ष समितिमार्फत विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।
 

प्रकाशित: May 10, 2023| 19:20 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्