बिहीबार, भदौ ४, २०८३

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आज साँझ ५ बजे आफ्नो अस्थायी निवास धुम्बाराहीमा बस्नेगरी उनले पदाधिकारी बैठक बोलाएका हुन्।

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राखेको उनको सचिवालयले जनाएको छ।

आजमात्रै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी समातिएका हुन्। उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रकाशित: May 10, 2023| 16:50 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्