बिहीबार, भदौ ४, २०८३

पूर्वगृहमन्त्री खाण चार दिन प्रहरी हिरासतमा रहने

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिन प्रहरी हिरासतमा रहने भएका छन्। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका खाणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।

उनी आजमात्रै मैजुबहालस्थित निवासबाट पक्राउ परेका थिए। यही प्रकरणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित ११ जना पक्राउ परिसकेका छन्। पाण्डे सचिव हुँदा गृहमन्त्री खाण नै थिए। अहिले प्रहरी हिरासतमा रहेका सचिव पाण्डेले खाणको नाम लिएपछि उनी तानिएका हुन्।

पाण्डेले सरकारी वकिलको कार्यालयमा समेत बयान दिइसकेका छन्। खाण गृहमन्त्री हुँदा मन्त्रालयले यो प्रकरणमा नक्कली प्रतिवेदन र कागजातसमेत तयार गरेको प्रहरीले बताएको छ।

प्रकाशित: May 10, 2023| 16:22 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्