काठमाडौं– बीपीपुत्र एवं कांग्रेस सांसद शशांक कोइरालाले भ्रष्टाचार नियन्त्रणको सुरुआत नेताहरूबाटै गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिँदै नेता शशांकले नेतृत्वमा सहनशीलता हुनुपर्ने भए पनि त्यसो नहुँदा भ्रष्टाचारले फैलिने मौका पाएको बताएका हुन्।
बीपीले प्रधानमन्त्री हुँदा उनका एक जना भाइले ३०० रुपैयाँ पर्ने नयाँ जुत्ता लगाउँदा पैसा कहाँबाट आएको भनी सोधेको र तुरुन्तै आफ्नो सचिवालयबाट बर्खास्त गरेको सांसद कोइरालाले स्मरण गरे।
भ्रष्टाचार नियन्त्रण गर्न बीपीमा जस्तै सहनशीलता र संवेदना हुनुपर्ने उनको धारणा छ। उनले भ्रष्टाचार निर्मूल गर्न नसकिए पनि नियन्त्रणका लागि नेताहरूबाटै छानबिन थालिनुपर्ने सुझाव दिए।
उनले ‘हामी (नेता)ले भ्रष्टाचार गर्छौं। अरुलाई किन दोष दिने? हामीले भ्रष्टाचार गर्दै नगरौं। भ्रष्टाचार रोग हो। यसलाई फ्याँक्नुपर्छ।’