काठमाडौं- नेपाली कांगेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेसका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका छन्।
गृह मन्त्रालय पुगेर उनीहरुले श्रेष्ठलाई धन्यवाद दिँदै यो प्रकरणमा खुट्टा नकमाई अघि बढ्न पनि आग्रह गरेका छन्।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य राज्यविरुद्धको अपराध भएको उनीहरुको भनाइए थियो। यो प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले सफलता हासिल गरेको भन्दै कांग्रेस नेताहरुले प्रशंसा गरेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याउन नेताहरूले गृहमन्त्री श्रेष्ठलाई अनुरोध गरेका छन्। मन्त्रालय पुग्नेहरुमा कांग्रेस नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजंग शाही, नरेश यादव, गोविन्दराज पोखरेललगायत छन्।