बिहीबार, भदौ ४, २०८३

नक्कली शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा कमाउ धन्धा गरेको आरोप लागेकामध्ये कांग्रेस नेता खाण र पीएसहित पक्राउ पर्नेको संख्या १२ पुगेको प्रहरीले जनाएको हो।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित हालसम्म १२ जना पक्राउमा परेको प्रहरीले जनाएको छ। आज बिहान प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीसहित पूर्वगृहमन्त्री खाणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो।

यसअघि मंगलबार प्रहरीले काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई बिचौलियालाई काठमाडौंबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार उनीहरू उक्त घटनामा उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो।

आज पक्राउ परेका खाण र उनका पीएसहित यसअघि तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ प्रहरी नियन्त्रणमा आइसकेका छन्।

पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको जाहेरी दिएका हुन्।

प्रकाशित: May 10, 2023| 14:05 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्