बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणबारे एफबीआईले अनुसन्धान गरिरहेको सांसद सापकोटाको दाबी

नक्कली शरणार्थी प्रकरणबारे एफबीआईले अनुसन्धान गरिरहेको सांसद सापकोटाको दाबी

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासो दिइरहेको बताएका  छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भने,  'नक्कली भुटानी प्रकरणले पूरै देश तातेको छ। त्यतिमात्र नभएर अन्तर्राष्ट्रिय रुपमा पनि यो चासोको विषय छ।'

यस विषयमा अमेरिकाको अनुसन्धान निकाय एफबीआईले चासो लिएर अनुसन्धान गरिरहेको जानकारी आफूले पाएको उनले बताए। एफबीआई (फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन) संयुक्त राज्य अमेरिकाको एक सरकारी गुप्तचर संस्था र सुरक्षा एजेन्सी हो।

प्रकाशित: May 10, 2023| 12:57 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्