बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई छोड्नु हुँदैन: कोइराला

नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई छोड्नु हुँदैन: कोइराला

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यसमा राजनीतिक दबाब दिन नहुने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताउँदै उनले भने,  ‘जो–जो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ। यसमा इफ र बटको कुरै छैन।’

यो प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे। उनले गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सराहना गरे।

आज बिहानमात्र यस प्रकरणमा मुछिएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव पक्राउ परेका छन्।

प्रकाशित: May 10, 2023| 11:52 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्