काठमाडौं– सरकारले मुलुकको शान्ति–सुरक्षा हाँक्ने मुख्य अंग गृह मन्त्रालयको गृहसचिव हेरफेर गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिइएको हो ।
हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, सचिवलगायतका पदाधिकारी मुछिएर धमाधम पक्राउ पर्न थालेका बेला सरकारले नयाँ गृहसचिवको जिम्मेवारी भट्टराईलाई सुम्पिएको हो।