काठमाडौं– प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई समाएलगत्तै उनका (सहयोगी) पीए नरेन्द्र केसी पनि पक्राउ परेका छन्।
प्रहरीले खाण र उनका पीए केसीलाई चावहिलस्थित निजी निवासबाटै पक्राउ गरेको थियो।
उनीहरु दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार खाणलाई पैसा बुझाएको भन्ने बिचौलियाको ‘बयान’ मा अडियोको अनुसन्धान गर्दा केही तथ्य फेला परेपछि खाणलाई पक्राउ गरिएको हो।
यसअघि पक्राउ परेकाहरुले बयानका क्रममा खाणको पनि संलग्नता रहेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ।