बिहीबार, भदौ ४, २०८३

पूर्वगृहमन्त्री खाणका पीए केसी पनि पक्राउ

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानका लागि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका सहयोगी (पीए) नरेन्द्र केसी पनि पक्राउ परेका छन्। 

प्रहरीले केसीलाई बुधबार चाबहिल क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले बुधबार मात्रै पूर्वगृहमन्त्री खाणलाई चाबहिलस्थित उनको निजी निवासबाटै पक्राउ गरेको थियो। 

उनीहरु दुबैलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार खाणलाई पैसा बुझाएको भन्ने बिचौलियाहरुको ‘बयान’ सम्मेलित अडियोको अनुसन्धान गर्दा केही ‘तथ्य’हरु फेला परेपछि खाणलाई पक्राउ गरिएको हो।

प्रकाशित: May 10, 2023| 11:06 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्