बिहीबार, भदौ ४, २०८३

दार्चुलामा ट्याक्टर दुर्घटना, चार जना घाइते

दार्चुलामा  ट्याक्टर दुर्घटना भएको  छ।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

धनगढी-  दार्चुलामा  ट्याक्टर दुर्घटना भएको  छ।

शैल्यशिखर नगरपालिका वडान नं–२  रौतडा भन्ने भित्रि सडक खण्डमा ट्याक्टर  दुर्घटना भएको  हो। मंगलबार दिउँसो देथलाबाट बालुवा लोड गरेर रौतडा तर्फ जाँदै गरेको सुप –प्र ०१००२ त ६१६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सहित चार जना घाइते भएका थिए।

ट्याक्टर  दुर्घटनामा  बैतडीको डिलाशैनी  गाउँपालिका मौनि बस्ने १९ वर्षिय चालक गोपाल सिंह धामी, सह चालक डिलाशैनी ३ कुनथला बस्ने २५ वर्षिय कपिल बोहरा,  ट्याक्टरमा सवार  दार्चुलाको  सालिखेत बस्ने ५७ वर्षिय प्रेम सिंह धामी, सोही ठाउँ बस्ने बस्ने १४ वर्षिय प्रशासन्त धामी घाइते भएका थिए।

सामान्य उपचारपछि  घाइते सबैजनाको घर फर्किसकेको  जिल्ला प्रहरी कार्यालय  दार्चुलाका  प्रहरी निरीक्षक प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर   सिंहले बताए। ट्याक्टर अनियन्त्रित  भएर सडकबाट  सय मिटर तल खसेको थियो।

प्रकाशित: May 10, 2023| 07:08 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्