बिहीबार, फागुन २८, २०८२

विद्यार्थीको पहुँच बढाउन निःशुल्क भर्ना

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पुर्याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ।

National life

भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक तहको पहिलो वर्ष भर्ना हुन आउने विद्यार्थीलाई  भर्नामा निःशुल्क गर्ने भएको हो।

आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्न वञ्चित भएका विद्यार्थीलाई क्याम्पसको पहुँचमा पुर्याउन निःशुल्क भर्ना अभियान सुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टङ्कप्रसाद जोशीले बताए।

उनका अनुसार नगरपालिकाले क्यम्पसलाई दिने ३६ लाख अनुदानबाट १० प्रतिशत रकम छात्रवृत्तिका लागि क्याम्पसले छुट्याउने निर्णय गरिएको छ। त्यहीँ रकमले नयाँ भर्ना हुन आउने विद्यार्थीलाई निःशुल्क भर्नाको कार्यक्रम सुरु गरिएको उनले बताए। 'हामीले हतार गरेका छौँ। नगरपालिकाले दिने भनिएको अनुदान रकम लिखितरुपमा  छैन। मौखिक रुपमा भएको कुरालाई आधार मानेर क्याम्पसको निर्णय सार्वजनिक गरेका  हौं,' अध्यक्ष जोशीले भने, 'सम्भवत नगरपालिकाको यसपछि बस्ने कार्यपालिकाको बैठकबाट निर्णय हुन्छ होला  तर नभएको खण्डमा भने समस्या आउन सक्ने स्थिति छ।'

क्याम्पसले विद्यार्थी भर्नाको समयमा लाग्ने दुई हजार पाँच सय भर्ना शुल्क, पुस्तकालय शुल्क पाँच सय, खेलकुद शुल्क दुई सय २५, विकास शुल्क पाँच सय र आवेदन फारम शुल्क पाँच सय गरी चार हजार दुई सय २५ रुपैयाँ छुट गरेको हो। अध्ययनका लागि पालिका बाहिर जाने विद्यार्थी र कक्षा १२ सम्मको अध्ययन गरेर आर्थिक स्थितिले पढाइलाई निरन्तरता दिन नसकेका विद्यार्थीलाई यसबाट ठूलो राहत हुने अपेक्षा गरिएको छ।

Laxmi sunrise bank
kumari

क्याम्पस स्ववियु सभापति अर्जुन खत्रीले क्याम्पसले गरेको निर्णयले विद्यार्थीको सङ्ख्या बढ्ने बताए। नगरप्रमुख केवल चौधरीलाई क्याम्पसको विविध समस्याको विषयमा ज्ञापनपत्र बुझाइएकामा एउटा महत्वपूर्ण काममा नगरपालिकाले सहयोग गरेको उनको भनाइ थियो। 

'क्याम्पस छ तर विद्यार्थी सङ्ख्या बढाउन सकिएको छैन। आर्थिक अवस्थाले कमजोर भएका विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका छन्।' सभापति खत्रीले बताए, 'आशा छ क्याम्पसले गरेको यो निर्णयले विद्यार्थीको सङ्ख्या बढ्ने र हाम्रो प्रयास पनि सफल हुनेछ।' अहिले क्याम्पसमा करिब दुई सय विद्यार्थीले अध्ययन गर्दै आएका छन्। 

प्रकाशित: May 09, 2023| 19:25 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्