बिहीबार, भदौ ४, २०८३

टोपबहादुरको घरमा पुग्यो प्रहरी, भेटिएनन् रायमाझी

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सांसद तथा पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगेको छ। 

मंगलबार प्रहरी उनको घरमा खानतलासी गर्न पुगेको हो। ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा उनी भने भेटिएनन्। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। अहिलेसम्म पनि उनी फरार छन्। 

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ। उनी भारतको लखनउ पुगेको हुन सक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरोको टोली मेत परिचालन भएको छ। 

पक्राउ पुर्जी जारी हुँदा उनी अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि थिए भने एमालेबाट सांसद निर्वाचित भएर पछि सभामुख बनेका देवराज घिमिरे सोही कार्यक्रमका प्रमुख अतिथि। आफूविरूद्ध पुर्जी जारी भएको खबर आएपछि रायमाझीले काठमाडौं आएर अनुसन्धानलाई सघाउने बताएका थिए। उनले प्रहरीलाई नै सम्पर्क गरेर आफैं हाजिर हुने बताएका थिए तर सम्पर्कमा नआएर टाप कसे।

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्, जसमध्ये टोपबहादुरकै छोरा सन्दीप पनि एक हुन्। 
 

प्रकाशित: May 09, 2023| 16:42 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्