काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन्। उनलाई इस्लामावाद उच्च अदालत अगाडिबाट गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ।
तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खान गिरफ्तार भएको पुष्टि गरेका छन्। पीटीआईका उपप्रमुख फवाद चौधरीले पनि ट्विट गर्दै खान गिरफ्तार भएको जनाएका छन्।
उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने खुलेको छैन।