काठमाडौं– जिल्ला प्रहरी कार्यालय डडेलधुराको टोलीले अमरगढी नगरपालिका–७ जोशीगाउँका तीर्थराज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा ३८ वर्षीय तेज कैनीसमेत ४ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ३९५ र २ बुक ताससहित पक्राउ गरेको हो।
जुवाडेमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले बताएको छ।