बिहीबार, भदौ ४, २०८३

सवारी दुर्घटनामा तीनको मृत्यु, चारजना मृत फेला

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने फरक फरक चार स्थानमा चारजना मृत फेला परेका छन्।

पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित सडकमा लु.१ क २६१४ नम्बरको टिपरले लु.४४ प ५८०५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका-३ हर्दिनेटा बस्ने ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देही, रोहिणी गाउँपालिका-३ झुमा परासीस्थित सडकमा ना.८ ख २०९७ नम्बरको ट्रकले लु.७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-५ तरैनी बस्ने २३ वर्षीय निराजन चौधरीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-२ ढोडेनीस्थित सडकमा गणेशेबगरबाट ढोडेनीतर्फ जाँदै गरेको बा.४ ख ५३८२ नम्बरको आइचर ट्रक आफै अनियन्त्रित सोमबार  राति दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका-२ ढोडेनी बस्ने ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार ४ जनालाई उपचारको लागि नगर अस्पताल मेलम्ची लगिएकोमा २ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन्।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला
काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकिनाग टोल डेरा गरी बस्ने पाल्पा निस्दी गाउँपालिका-३ घर भएकी ४९ वर्षीया रिसङ तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन्। ओखलढुंगा, मोलुङ गाउँपालिका-७ पात्ले बस्ने ३५ वर्षीया युटी शेर्पा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

बारा, कोल्हबी नगरइपालिका-१० बेलवा बस्ने ४० वर्षीय महेश माझी सोही ठाउँस्थित जमुनी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चट्याङ लागेर मृत्यु
दार्चुलाको शैल्यशिखर नगरपालिका-३ दुबेडी बस्ने १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 09, 2023| 11:29 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्