शुक्रबार, भदौ ५, २०८३

कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला परेकी छन्।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

कञ्चनपुर- कञ्चनपुरमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमवार मृत फेला परेकी हुन्।

आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा उनी मृत फेला परेको छिमेकी मथुरा औजीले बताए। मृतकको शव सोमवारनै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ। 

मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारतमा छन्। २ छोरा र सासु आमा उनीसंगै घरमा बस्दै आएका थिए।

प्रकाशित: May 09, 2023| 10:42 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्