पाल्पा- रामपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर–५, भम्बक बस्ने ३४ वर्षका गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मंगलबार बिहान साढे ७ बजेतिर घरनजिकको काभ्रोको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर कुमाल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका कुमालको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।