काठमाडौं- आज देशभर मौसम सामान्यतया सफा रहे पनि तराईंमा हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (२६ देखि ५० प्रतिशत आकाश बादलले ढाक्नु) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
यस्तै दिउँसो तराईका केही स्थानमा सामान्य हावाहुरीको समेत सम्भावना रहेको मौसम महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।
आज तराईका जुनसुकै ठाउँमा हावाहुरी चल्ने सम्भावना देखिएकाले सतर्क रहन महाशाखाको आग्रह छ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।