बिहीबार, भदौ ४, २०८३

चट्याङ लागेर दार्चुलामा एकको मृत्यु, दुई घाइते 

दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

दार्चुला- दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

सोमबार साँझ साढे ६ बजेतिर चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन्। मीना र मृतक नरेश आमा छोरा हुन्।  

खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो। चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम उनीहरूलाई चट्याङ लागेको बताइएको छ।

मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: May 09, 2023| 08:22 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्