बिहीबार, भदौ ४, २०८३

आज कानुन दिवस मनाइँदै

आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ।

सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ। आज पनि दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम रहेको छ। - रासस

प्रकाशित: May 09, 2023| 07:56 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्