काठमाडौं- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको सोमबार शल्यक्रिया सम्पन्न भएको छ। छालाको समस्याबाट ग्रसित लामिछानेको चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गरिएको हो।
पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहँदा सन्दीपले शल्यक्रिया गर्न समय पाएका थिएनन्। तत्कालै नेपाली टोलीले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता नजनाउने भएपछि ‘ब्रेक’ समयमा सन्दीपले शल्यक्रिया गराएका हुन्।
सम्भवतः सन्दीप मंगलबार नै अस्पतालबाट डिस्चार्ज हुन सक्छन्। शल्यक्रियापछि सन्दीपले सोसल मिडियाबाटै धन्यवाद दिएका छन्। ‘लामो प्रतिक्षापछि शल्यक्रिया सफल भएको छ, शुभकामनाका लागि सवैलाई धन्यवाद । चाँडै मैदानमा फर्कने आशा,’ सन्दीपले भनेका छन्।