बिहीबार, भदौ ४, २०८३

पाल्पामा झुन्डिएको अवस्थामा दुई पुरुषको शव फेला

जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई पु्रुषको शव फेला परेको छ।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

पाल्पा- जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई पु्रुषको शव फेला परेको छ। माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे शव फेला परेको हो। 

तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा अन्दाजी २५ वर्षीया युवकको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। झुम्सा नजिकै खुल्खुले वनको रुखमा झुन्डिएको र सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा चिलाउनेको रुखमा झुन्डिको अवस्थामा अर्को बेवारिसे शव फेला परेको छ। माथागढीमा भेटिएको शव अन्दाजी ४० वर्षको र साधुको भेषमा रहेको प्रहरीले जनाएको छ।

दुवै शव सडेगलेको अवस्थामा रहेको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा ल्याइएको छ। माथागढी र तिनाउमा भएका घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 09, 2023| 07:32 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्