बिहीबार, भदौ ४, २०८३

ब्याँसमा सशस्त्र प्रहरीको बीओपी स्थापना

दार्चुलामा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

धनगढी-  दार्चुलामा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ। जिल्लाको ब्याँस गाउँपालिका–४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरेको छ।

बीओपीको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टकाअनुसार बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र प्रजिअ किरण जोशीले बीओपीको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

उक्त बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक(सई) त्रिभुवन विष्टको नेतृत्वमा २० जनाको टोली खटाइएको छ। यो सँगै दार्चुलाको सीमा क्षेत्रमा बीओपीको संख्या चार पुगेको छ। केही महिना अघि सशस्त्र प्रहरीले मालिकार्जुन गाउँपालिका–६ को बाँकु र ब्याँस गाउँपालिका–२ को मालघाटमा झोलुङ्गे पुल सुुरक्षा पोष्ट पनि स्थापना गरेको थियो।

ब्याँस गाउँपालिका–१ को तिङकरमा पनि थप एउटा बीओपी स्वीकृत भएकाले चाडै स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ।

प्रकाशित: May 09, 2023| 07:26 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्