काठमाडौं- देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका तराई भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको छ।
विभागले आज राति देशको पहाडी भू–भागका आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।