बिहीबार, भदौ ४, २०८३

हिमपहिरोमा बेपत्ता थप एकको शव भेटियो

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- दार्चुलाको व्यास गाउपालिका-१ भोलिङ्मा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप एकजनाको शव भेटिएको छ।

व्यास छाङरुमा रहेका सुरक्षाकर्मीहरुको खोजी गर्दा सोमबार दिउँसो थप एकजनाको शव भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका २, बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो।

सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरू सीतापुल प्रहरीका सुरक्षाकर्मीको टोलीले उक्त शव फेला पारेको हो। यसअघि अन्य तीनजनाको शव फेला परेको थियो।

दार्चुलाको दुहु गाउँपालिका ४, पोस्सेका कमला कुँवर उनका छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका २, बुडरकी नक्की डोमा थापाको शव यसअघि नै फेला परेको प्रहरीले जनाएको छ।

हिमपहिरोमा परेर बेपत्ता भएकी जोरायल गाउँपालिका २, बुडरीकी १५ वर्षीया छिमी सामो थापाको अवस्था भने अझै अज्ञात छ। यार्चा टिप्नका लागि पुगेका उनीहरु हिमपहिरोमा परेका थिए।
 

प्रकाशित: May 08, 2023| 19:23 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्