सोमबार, वैशाख २८, २०८३

शाकाहारी महिलामा हड्डी भाँच्चिने र मर्किने समस्या अधिक

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं– एक अध्ययनअनुसार निश्चित उमेरपछि मांशाहारीको तुलनामा शाकाहारी महिलाको हड्डी भाँच्चिने र मर्किने समस्या अधिक हुने गरेको छ। स्वस्थ्य र स्फूर्त रहनका लागि आजभोलि शाकाहारी भोजन अपनाउन थालिएको छ।

National life

मान्यताअनुसार शाकाहारी खानामा पनि पर्याप्त पोषक तत्व पाइन्छ। जसले हाम्रो शरीरलाई स्वस्थ र चुस्त राख्छ। तर अध्ययनअनुसार शाकाहार गर्ने महिलाको तुलनामा मांशाहार गर्ने महिला बढी स्वस्थ हुन्छन्। 

बेलायतमा भएको अध्ययनअनुसार मांशाहार गर्ने महिलाको तुलनामा शाकाहार महिलाहरुमा हड्डी भाँच्चिने समस्या अधिक हुने गरेको छ। शोधकर्ताहरुले २६ हजारभन्दा बढी महिलाको स्वास्थ्य र खानाको रेकर्ड हेर्दा त्यसमा २२ वर्षको उमेरमा शाकाहारी महिलामा हड्डी भाँच्चिने सम्भावना अधिक हुन्छ। अध्ययनमा शाकाहारी महिलाहरुलाई राम्रो र पर्याप्त पोषण नपुगेर यस्तो समस्या हुने उल्लेख छ।

लिड्स विश्वविद्यालयका शोधकर्ता डा. जेम्स वेबस्टरका अनुसार शाकाहारीलाई आफ्नो खुराक समयमा लिनुपर्छ। मान्यताअनुसार शाकाहारी खाना मांशाहारी खानाभन्दा धेरै स्वास्थ्यवर्धक हो। शाकाहारले मधुमेह, मुटुरोग, मोटाउने समस्या र क्यान्सरजस्तो समस्या हुन दिँदैन। तर ९० प्रतिशत ढाडको हड्डी भाँच्चिने समस्या हुने भनेको शारीरिक रुपमा निकै कमजोर अशक्त, बूढाबूढी र जसको हड्डी कमजोर हुन्छ, त्यस्तोलाई हुने गर्छ।

मांशाहार गर्नेको तुलनामा शाकाहारीको वजन धेरै कम हुने पाइएको अध्ययनमा उल्लेख छ। साथै शाकाहार गर्नेहरुमा बोसो पनि कम पाइने उल्लेख छ। शाकाहारीहरुलाई आफ्नो खानामा धेरै मात्रामा आइरन र भिटामिन १२ सामेल गर्न भनिएको छ। साथै धेरै मात्रामा गेडागुडी, बदाम खानुपर्छ। 

पछिल्लो रिपोर्टअनुसार मांशाहार खानेहरुको तुलनामा शाकाहारी पुरुष र महिलाहरुको हड्डी धेरै कमजोर रहेको छ। तर शाकाहारी पुरुषहरुमा हड्डी भाँच्चिने खतराबारे अहिले शोध हुन बाँकी छ। शाकाहारीहरुलाई आफ्नो वजन कायम राख्नको लागि क्याल्सियम र भिटामिन डी सामेल गर्नुपर्छ, जो महत्वपूर्ण प्रोटिन हो।   
 

प्रकाशित: May 09, 2023| 05:35 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्