बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंले बनायो मोबाइल एप, मेयरसँग समय लिनेलगायत थुप्रै सुविधा

काठमाडौंले बनायो मोबाइल एप, मेयरसँग समय लिनेलगायत थुप्रै सुविधा

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘केएमसी एप’ सार्वजनिक गरेको छ।

महानगरका मेयर बालेन्द्र शाहले सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल शुशासन प्रणाली केटीएम एप सार्वजनिक गरेका हुन्। एपबाट मेयर शाहसँग भेट्नका लागि समय लिन पनि सकिनेछ।

एपबाट ३० भन्दा बढी प्रकारका सिफारिसहरु, अनलाइन राजस्व, महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरू, विभागगत कार्य विवरणसहितको डिजिटल नागरिक वडापत्र, हेल्लो मेयर, जनगुनासो, स्मार्टकर, प्रकाशित राजपत्रहरू, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरु जस्तै- रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप, सार्वजनिक शौचालयहरुको बारेमा सेवा लिन पाइनेछ।

काठमाडौं महानगरपालिकाको सेवा प्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप एप बनाइएको मेयर शाहले बताएएपबाट महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको छ।

यस्ता छन् सुविधा
३० भन्दा बढी प्रकारका सिफारिसहरू
अनलाइन राजस्व
नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट
च्याटबट
महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरू
विभागगत कार्यविवरण सहितको डिजिटल नागरिक वडापत्र
हेल्लो मेयर
जनगुनासो
स्मार्टकर
प्रकाशित राजपत्रहरू
पर्यटकीय स्थलहरू
आकस्मिक सेवाहरु
नागरिकता सम्बन्धी सिफारिस,
घरबाटो सिफारिस, कित्ताकाट सिफारिस
जग्गा मूल्यांकन सिफारिस
घरधनी प्रमाणपुर्जाको प्रतिलिपि
घर कायम सिफारिस
सम्पत्ति कर चुक्ता सिफारिस
अस्थायी बसोबास सिफारिस
स्थायी बसोबास सिफारिस
विद्युत जडान सिफारिस
धारा जडान सिफारिस
आन्तरिक बसाइँसराइ सिफारिस
कोठा खाली गर्ने सिफारिस
जन्म मिति प्रमाणित
अविवाहित प्रमाणित
नामथर फरक सिफारिस
बैंक खाता बन्द गर्ने सिफारिस
अदालत शुल्क मिनाहा सिफारिस
व्यवसाय बन्द सिफारिस
संस्था दर्ता सिफारिस
छात्रवृत्ति सिफारिस
अपांग सिफारिस
विपन्न नागरिक औषधी उपचार सिफारिस
व्यवसाय स्थानान्तरण सिफारिस

 

प्रकाशित: May 08, 2023| 14:12 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्