काठमाडौं- पेट्रोलको बोतलमा आगो सल्किँदा सिन्धुलीमा एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका-२ भोटेश्वराका शुभलाल घलानकी १३ वर्षीया छोरी अमृता घलान रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घलानको घरको भान्साकोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलमा अचानक आगो लागेपछि अमृता जलेकी थिइन्। घटना आइतबार साँझ करिब ५ बजेतिरको हो।
आगलागीबाट गम्भीर घाइते अमृतालाई सिन्धुली अस्पतालमा ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएकोमा आज बिहान मृत्यु भएको हो।